रसुवा: नयाँ शक्ति पार्टी नेपालको तर्फबाट रसुवा “ख”को प्रतिनिधित्व गरेका रसुवा प्रदेश साम्सद प्रेम तामाङलाइ नयाँ शक्ति पार्टी नेपालले अनिश्चितकालको लागि निलम्बन गरिएको छ। पार्टीको बिधान अनुरुप काम कार्वाही नगरेको, पार्टीको सम्पर्कमा नरहेको, ब्यक्तिगत महत्वाकांक्षामा लागेको, पार्टीलाई ढाल बनाएर अनेकन अपारदर्शी आर्थिक चलखेलमा लागेको जस्ता आरोप सहित निलम्बन गरिएको पार्टी केन्द्रिय कार्यलयद्धारा जारी ब्यग्यप्तिमा उल्लेख छ। पार्टीले जारि गरेको ब्यग्यप्ती अनुसार यदि उनी पार्टी सम्पर्कमा ३ दिन भित्र नआए पार्टीबाट निष्काशीत हुने प्राय: निश्चिति देखिन्छ । यसो भएमा राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा-३१ बमोजिम कार्वाहीमा पर्नेछन। ऐनको परिच्छेद ६ दफा ३१ (१) भन्छ “कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो, त्यस्तो दल त्याग गर्न सक्ने छैन भनिएको छ ।” त्यसमै उपदफा २ भन्छ “उपदफा १ प्रतिकूल हुनेगरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्याग गरेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here