प्रधानमन्त्री कपमा प्रदेश ३ विजयी !

काठमाडौं। पिपलबोट न्युज । प्रधानमन्त्री कप अन्तर्गतक आज भयको खेलमा प्रदेश ३ ले सुदुरपश्चिम प्रदेशलाई ६ विकेट ले हरायको छ ।

सुदुरपश्चिमले दियको १५४ रनको लक्ष्य ४ विकेटको क्षतिमा ३३.२ ओभरमा पुरा गर्यो ।

पारस खड्काको कप्तानीमा खेलिरहेको प्रदेश ३ को कसिलो बलिङ् सामु सुदुरपश्चिमका ब्याट्सम्यान निरिह जस्तै देखिन्थे । खड्क बोहराले ६१ बलखेली ४० रनको पालि खेल्नु नै सुदुरपश्चिमको सार्वधिक रन रह्यो। कप्तान शेर मल्ल १४ , रोसन अधिकारी २७ , नरेश बोहरा २६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्।

सुदुरपश्चिमलाई सस्तैमा समेटन् सुर्य तामाङ्गले ३ विकेट लिए। प्रतिश जिसी र जितेन्द्र ठकुरीले २- २ विकेट झारे ।

जवाफि ब्याटिङ्गमा प्रदेश ३ सुरुवात देखिनै बलियो देखियो । ईशान पाण्डे ८४ बल खेलि ५३ रन बनाउँदा प्रदेश ३ सहज जित निकाल्न सफल रह्यो।

प्रदेश ३ को लागि ओपनर रित गौतम ११ रन , कप्तान पारस खड्का २६ रन , रविन जोशी १३ रन , अदिल खान ३३ रन को योगदान दिए।

ईनिङ्को अन्त्यमा जितेन्द्र ठकुरी १० बलमा १२ रन बनाई अभिजित रहे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here