काठमाडौं । विश्व सुन्दर सुन्दरीको उपाधि युवाहरुलाई मात्रै होइन हरेक उमेरका व्यक्तिले पाउने गरेका छन् । हालै रुसकी ६ वर्षिय एक बालिकाले विश्व सन्दरी बालिकाको उपाधि पाएकी छिन् । उनको नाम यलीना यकूपोवा हो । जसलाई उनका प्रशंसकहरुले सबैभन्दा सुन्दरी बालिकाको उपाधि दिएका हुन् ।

चार वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी यलीना धेरै कुरामा असाधारण छिन् । इंस्टाग्राममा उनको २१ हजार भन्दा बढी फलोअर छन् । सामाजिक सञ्जालमा उनलाई सानी राजकुमारी भनिरहेका छन् ।