काठमाडौं, २१ पुस । पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउन सक्ने विज्ञले बताएका छन् ।

नागरिकको आवाजलाई उठान गर्ने बैकल्पिक मञ्चका रुपमा विकास भएको यस्ता सामाजिक संजाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउन सक्ने खबर आजको नागरिक दैनिकले छापेको छ ।

संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुलुकभित्र दर्ता नभएमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था रहेको छ ।

विधेयकको दफा ९१ मा सरकारले उपलब्ध गराएको समयसीमाभित्र सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने व्यवस्था राखिएको छ । सो दफाको उपदफा २ मा छ, ‘मुलुकभित्र सञ्चालनमा रहेका कुनै पनि सामाजिक सञ्जाल यो कानुन लागु भएको समयमा सूचना तथा प्रविधि विभागमा उपलब्ध गराइएको समयभित्र दर्ता भइसक्नुपर्ने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here