हिमाल थापा क्षेत्री ईन्टरनेटको कारखानामा उत्पादित कयौं कयौं मानव आत्मका प्रतिनिधि डल्लाहरु सल्बलाउदै छन् यो साइबर जालोमा । कयौं-कयौं अझै उत्पादन हुँदै होलान् । भुरुरुरुर्र कपासका भुवा उडेसरी स्टिकरका डल्लाहरु रिस्सिएको, झोक चलेको, माया गरेको, आहा भनेको, पक्षपोषण गरेको, असहमती जनाएको जस्ता सयौं-सयौं मानबिय भाबको जिम्मा लिएर वाउ, लभ, याङ्गग्री,लाइक जस्ता नामबाट बत्तीएका छन् बिद्धुतिय तरङ्गमा । कसैलाइ टेसिला छन् कसैलाइ पेचिला छन् यी डल्लाहरु। लाइकका डल्लाहरुले ठुलै अर्थ राख्ने भएका छन् । साथीहरुसग चिया खादा कुरा चल्छ ! ए फलानो त हिट भएछ! फलानी त भाइरल छे नि! फलानो त युटुबको ट्रेन्डिङ नम्बर एकमा छ ! हेर त हेर फलानोको कति धेरै लाइक ! ओह् ! फलानोले फलानालाई त महान् भनेर पो कमेन्ट गरेछ हाहाहा ! यस्तै यस्तै थुप्रै ।


यो साइबर साङ्लोको बाटो भएर हिड्ने सुचनाको गति हिजो पुजिबाद छुक्छुके रेलमा बिस्वभर फैलिन साढे पाँच सय बर्ष लाए जस्तो बिल्कुल छैन । बस् बोल्दिनुस् बेगले बत्तीदै विश्व सुचित गर्छ । त्यसैले त फिनल्यान्डमा बिस्वकी सबैभन्दा कान्छी बहालवाला प्रधानमन्त्री बन्दा त्यो देश भन्दा हजारौं किलोमीटर टाढा रहेका हामिलाइ सुचना प्राप्त गर्न हजार सेकेन्ड पनि लाएन र यहि तिब्रताको उपयोग गर्दै हाम्रा हातहरु गुगलमा टाइप भए । २९ बर्षमै प्रधानमन्त्री भएका जङ्गबहादुरको तस्बिर निकालियो र सान्ना मरिन सगै टासेर “फिनल्यान्ड भन्दा हामी दुइसय बर्ष अगाडी थियौं, तिम्रा आजका सुखद समय भन्दा कयौं गुणा उच्च सुनौला थिए हाम्रा इतिहास” भन्दै यहि सन्जालमा पेश गर्न पायौं । यद्यपि यो जालोले बिकसित गराएको आत्मपुजनको नयाँ मानवीय प्रवृत्तिमाथी छलफल गरौंला नै ।


केही समय अगाडि पूर्वप्रधानमन्त्रीसमेत भैसकेका डा.बाबुराम भट्टराईले आफु सम्बद्ध पाटिका कार्यकर्तालाई कम्तिमा फेसबुक र ट्युटर चलाउन निर्देशन नै गरे । हाल प्रधानमन्त्री केपि शर्मा ओलिको टुइटरमा गढबढी आउँदा भारतको सरकार बिरोधि आन्दोलनलाई प्रस्रय हुने सामाग्री रिटुइट हुन पुग्यो र यसले केही राजनीतिक खैलाबैला पनि पैदा गर्यो । त्यसो त नेपाल स्थित महामहिम चिनियाँ राजदुतले आफ्नो टुइटरमा फलो गर्नेलाई पुरस्कार दिने घोषणाका समाचार पनि नआएका होइनन् । यसरी हेर्दा म एउटा भुइँमान्छे देखि देश चलाउनेहरु सम्मको उपस्थिती यो जालोमा छ ।

करिब पाँच बर्ष अघि देखी म यो जालोको एउटा अङ्ग फेसबुकमा आसिन छु । घर्षणशिल सामाजिक प्रक्रियामा म कस्को कित्तामा उभिएको छु भन्ने जनाउन र परिवारको माध्यमले चीनजान बाहेक जति पनि मेरा मित्रहरु बने तिनिहरु सामु म पनि यो लोकमा ज्युदो नै छु है भन्ने निबेदन गर्न म यहाँ छु ।थोरै बर्षको थोरै समयमा यसमा ब्यतीत गर्दैगर्दा यो जालो कतिपय अबस्थामा मलाइ झल्लो लाग्छ किनकि सामाजिक रुपले अपाच्य कुरालाइ नि यसले प्रकाशित गर्दिन्छ बस् लेख्न सक्न पर्यो ।

साइबर जालोमा प्रेषित भएका सामाग्रीमा जब लाइक र भ्युज हजारौं हुन्छन् त्यस्ता सामग्रीलाई यो जालोमा आसिन हर्ताकर्ताले ‘भाइरल’ को संज्ञा दिने गर्छन् । म यो जालोमा बिचरण गर्दै जादा थुप्रै -थुप्रै भाइरल भनिएका सामाग्री हेर्न पुग्छु । जब ती भाइरल भनिएका सामाग्रीमा यो जालो सम्बन्धि कुनै ज्ञान नभएका मान्छेहरु देख्छु ती मान्छेहरुको अबोधपनमा खिसिट्युरी गर्दा गर्दै त्यसता सामाग्रीको प्रबाह बढी भइ भाइरल भएको हुनुपर्छ भन्ने लाग्छ मलाइ । यस्ता सामाग्रीका शिकार प्रायः बुढाबुढी र केटाकेटी हुने गरेको देखिन्छ । हेर्दै जादा मनमनै प्रश्न उभ्झिन्छ बुढाबुढी त अस्ताउदो घाम हुन उनिहरुले आफू भाइरल भएको सबाललाई वास्ता गर्ने समय नपाउलान् तर केटाकेटी ? केटाकेटी उदाउँदो घाम हुन उनिहरु जान्ने भएपछी बालापनको आफ्नो क्रियाकलापप्रती गरिएको खिसिट्युरी रुचाएनन् र प्रश्न गर्न थाले भने के होला?? मेरो मन नि:शब्द हुन्छ।

उसो त यस जालोको च्याटलापबाट नारिएर सामाजिक अभियानमा अग्रसर मान्छेहरुपनि सर्बत्र नपाइएका होइनन् । संसारका अज्ञात कुनाका मान्छेहरु सम्पर्कमा नआएका होइनन्। यस जालोमा शब्दले गर्ने नृत्य उहि हो, भाब उहि हो भने अलिकति फरक शैली अगालेर उन्नत किन नहुने ? प्रश्न पनि उत्तिकै बलियो छ । खैर केहिछैन मेरो भन्नू मात्र यो हो कि ईन्टरनेटको आगमन सगै मान्छेका आदत, भाषाका बान्की बदलिए पनि मानवीय अभिव्यक्तिका नबरस नमेटियोस् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here