चीनको मानसरोवरसम्म तीर्थाटन जाने निहुँमा नेपाली भूभागतर्फको कालीको तिरैतिर बनाएको मोटर जाने बाटोले यति ठूलो सीमा विवाद ल्याउला भन्ने सायदै भारतले सोचेको थियो होला। अर्काको जमिन त जहिले पनि अर्काकै हुन्छ। फेरि त्यो जमिन नेपालको नै घटाएर खुम्च्याएको सीमाबन्द ठाउँ थियो भन्ने भारतले बुझेन।

भारतले बारम्बार वार्ता गर्न नचाहेको तर नेपालले भद्रता प्रदर्शन गर्दै मिचिएको जमिनका बारेमा द्विपक्षीय वार्तामा छलफल गरिरहेको कुरा अहिले छर्लङ्ग हुँदैछ। यसमा नेपालका कुन सरकारको दोष भन्दा पनि भारतसँगको सम्बन्धमा विश्वास गर्ने नेपाली बानीले अहिले खस्रो मसिनो पारेको हो।

हाम्रो कति क्षेत्रफल भारतले मिचेको छ भनेर भन्नका लागि दुईतर्फबाट फेरि सौहार्द तरिकाले नापजाँच हुनैपर्छ र भारत जतिजति समस्या समाधानका लागि भाग्छ, उतिउति यो समस्या अन्तर्राष्ट्रियकरण हुन्छ। हुन त हामीले अन्तराष्ट्रियकरण नगरेर के भयो र ? भारतले गरेको व्यवहारले दुनियाँले थाहा पाएकै छन्। कसैले पनि अहिलेको बेलामा नेपालको अर्घेल्याईँ भन्दैनन्, भनेका पनि छैनन्। किनभने नेपाल खपेर बसेको छ र वार्ताको लागि पर्खेर बसेको छ।

वार्तामा गम्भीरताका साथ पनि नबस्ने अनि भारतका मिडियाहरु सैनिक शक्ति र कुल गार्हस्थ्य उत्पादनको तुलना गर्न थालेपछि अहिलेको समस्याले उग्ररुप लिन थालेको हो। भारतका सेनाध्यक्षले गाली गर्दैमा अर्काको देशको जमिन भारतमा गाभ्न पाइने हो भने पाकिस्तान र बाङ्लादेशको जमिन आफूमा समेट्न सके भए हाल्यो नि किनभने ती त हिजोका भारतकै हुन्। हामी त अंग्रेजको बलमिच्च्यार्इँमा ठगिएका थियौँ। यदि पहिलेका कुरालाई फेरि उप्काउने हो भने सन् १८१६को मार्च ४ तारिखभन्दा पहिलेको विन्दुमा उभिनु पर्ने हुन्छ।

ठूलो स्वरले कराउँदैमा वा वास्ता नगरेर बलमिच्याई गर्दैमा सीमानाको जमिन आफ्नो हुँदैन भन्ने कुरा नेपाललाई भन्दा भारतलाई बढी थाहा छ। उसको देश अहिले पनि तीन टुक्रामा विभाजित भएको छ भारतको रुपमा, पाकिस्तानको रुपमा र बङ्लादेशको रुपमा।

त्यहाँको सीमालाई व्यवस्थित गर्नु पर्ने बेलामा अंग्रेजले नै मिलाएर गएको र सकेसम्म नेपाललाई खुम्च्याएर, दपेटेर , हेपेर सानो बनाएको देखिन्छ। कसो कसो पुलिस विद्रोहको बेलामा जंगबहादुर राणाले खुसी पारेर आफ्नो गुमेको ठाउँ फिर्ता लिएका रहेछन् र नयाँ मुलुक थपिएछ।

हामीले सानैमा गाएको राष्ट्रिय गीत थियो—

गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली।

जय जय जय हे नेपाल सुन्दर शान्त विशाल।।……..

पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ।

कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ।।

अनि हामी जोसिएरै माथिको भागको गीत गाउँथ्यौँ। अर्थात् नेपालको त्यो गीतले आज पनि पुर्खाको सौरभ र वीरगाथा गीतको माध्यमबाट गाएकै छौँ हामीले।

लिपुलेख, लिम्पिया धुरा , कालापानी र काली नदीका वारेमा भारतलाई थाहा नभएको होइन र नेपाललाई पनि जानकारी नभएको होइन। ऐतिहासिक तथ्यसहितको जानकारी छ। झन नेपाललाई त आफ्नो गुमेको भूमिसहितको विवरण थाहा छ।

हिन्दुस्तान तीन टुक्रामा भएर बनेको आधुनिक भारत त हामीभन्दा नयाँ देश हो जुनचाहिँ अर्काको उपनिवेशबाट फुत्किएर स्वतन्त्र भएकै सात दशकमात्र भएको छ। जवकि एउटा स्वतन्त्र राष्ट्रको रुपमा नेपालले तत्कालीन इस्ट इन्डिया कम्पनीसँग सम्झौता गरेको थियो। यसअर्थमा त चीनसमेत हाम्रालागि नयाँ राष्ट्र हो स्वतन्त्रतापूर्वक नेपालसँग वार्ता गर्ने देशको रुपमा।

अहिले समस्या नेपालको पश्चिमी उत्तरी कुनोको सीमाको वारेमा हो , कतै पूर्वी भागमा पनि छ , कतै मध्य भागमा पनि छ। तर मानसरोवर तिर जाने बाटोका निहुँमा अहिले केही सय वर्ग किलोमिटरका कुरा छ। अब हामीले ती ६—७ हजार वर्ग किलोमिटरको कुरा गरिरहेका छैनौँ जस्तो कि ग्रेटर नेपालको कुरा नेपालमा ज्युँदैछ।

त्यो पनि धेरै विवादतिर यो सीमा समस्या जान लाग्यो भने नयाँ मुद्दाको रुपमा उठ्न पनि सक्छ किनभने अन्यापूर्वक हामीलाई त्यो भूमिबाट वञ्चित गरिएको थियो भारतलाई नै उपनिवेश गराउन सक्ने शक्तिले। उसले नेपाल भन्ने स्वतन्त्र देशलाई आफूमा समाहित गर्न नसकेका झोकमा नेपालको भूमिलाई खुम्च्याएको थियो।

हुन त त्रिदेशीय विन्दुको निर्धारण पनि जरुरी छ, पूर्वमा पनि पश्चिममा पनि। तर अहिलेको कुरा भनेको भारतको हेपाइ र बलमिच्च्यार्इँको समाधान गर्नुछ। हामीले त वारम्बार वार्ताबाट समाधान गरौँ भनेको हो र भन्ने पनि त्यही हो।

प्रमाण र तथ्यले त्यो विवादास्पद भनेर भारतले मानेको भूमि उनीहरुकै हुन्छ भने हामीले मान्नैपर्छ। तर ऐतिहासिक पुष्टि उनीहरुको पक्षमा देखिँदैन किनभने हामी खुम्चेर मानेको अवस्था थियो २०० वर्ष अघि। भारत र चीनको युद्धमा भारतका सेनाको लागि छाप्रो राख्न दिएको देखिन्छ। लोककथामा उँटलाई पानी परेको बेलामा घरमा बास दिएजस्तो भएको देखिन्छ।

वार्ता गरौँ, वार्ता गरौँ र वार्ता गरौँ। भूमि नाप जोख गरौँ। ऐतिहासिक कागजातले बोलेको कुरामा मात्र छलफल गरौ। विकल्पका कुरा गरौँ। प्रमाणका कुरा गरौँ। चीनलाई , भारतलाई र नेपाललाई शङ्का हुने गरी पनि कुरालाई नमोडौँ। भारतलाई संयमतापूर्वक कुरा राख्नका लागि भनौँ। सानो देश हो, जसरी पनि मिचेर तह लगाउँछौँ भन्दा त्यो आजको सञ्चार प्रविधिको युगमा सम्भव छैन।

र अन्त्यमा, यो मुद्दा अन्तराष्ट्रियकरण नगरौँ भन्दाभन्दै पनि सबैलाई थाहा भएको छ र चीनलाई यसमा नमुछौँ भन्दा पनि त्रिदेशीय विन्दुसमेत त्यही कथित विवादास्पद क्षेत्रमा परेकाले र सन् २०१५ को भारत चीन व्यापारिक सम्झौतामा फसेकाले स्वतः छलफलको एउटा साझेदार हुनसक्ने अवस्था आएको छ। चीनले कुनै पनि एकतर्फी निर्णय नगर्न बिनम्रतापूर्वक भारत र नेपाललाई भनिसकेको अवस्था छ। त्यो बाटो पनि चीनको सहमति बेगर बनाएको होइन होला। चीनलाई भारतले कताबाट कसरी बाटो बनाउँछ वास्ता हुने कुरा भएन तर पनि चीनलाई सबैकुरा थाहा छ भन्ने नेपालले बुझेको छ।

अबको हाम्रो नीति भनेको स्पष्ट कुरा राख्ने हो चाहे गोप्य वार्तामा होस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here