शिक्षामन्त्रीलाई नेता पराजुलीको चुनैती –’आफ्नै मान्यताले कुरीकुरी गरे जस्तो लाग्दैन तपाइलाई ?’

जेठ १८,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन (अनेरास्ववियु) का नेता सुदेश पराजुलीले सरकारले सामुदायिक बिद्यालयको दायित्व निजी बिद्यालयले लिने किसिमको निती ल्याएकोमा चर्को विरोध गरेका छन् । सरकारले गत शुक्रबार ल्याएको बजेटमा सो किसिमको विषय समेटेपछि सरकारको चौतर्फी विरोध भइरहेको छ । नेता सुदेश पराुजलीले शिक्षामन्त्रीलाई कटाक्ष गर्दै भनेका छन्– हिजोको आफ्नै बिगत र मान्यताले कुरीकुरी गरे जस्तो लाग्दैन तपाइलाई ? नेता पराजुलीले तत्काल यस्तो किसिमको निती खारेज गर्न समेत आग्रह गरेका छन् । उनले के भने त ? हेर्नुस जस्ताको त्यस्तै :

माननीय शिक्षामन्त्री ज्यु

तपाईले भन्दै आएको समाजवाद, तपाईले निर्माण र सन्चालन गरेको भनिएको आधारशीला कम्युन र निजी विद्यालयले सामुदायिक विद्यालय सुधारको जिम्मेवारी लिनुपर्ने बजेटको नया नीतिको बिचमा कुनै साइनो सम्बन्ध भेट्नुहुन्छ ? हिजोको आफ्नै बिगत र मान्यताले कुरीकुरी गरे जस्तो लाग्दैन तपाइलाई ?

हामी चाहिँ अचम्ममा छौ, कम्युनिष्ट पार्टीको लामो इतिहास भएको हाल नेकपा स्थायी कमिटी सदस्य कमरेड गिरीरजमणी पोखरेल र शीक्षाको दायीत्वबाट राज्यलाई अलग गरी नीजीकरणको नितिगत निर्णयको अगुवाई गर्ने गीरिराजमणी पोख्रेल एउटै ब्यक्ती हुन त एकचोटि–तपाईको–फोटो–क्याप्सनमा–लेखेको–हेर्नु–भएको छ नि ?

अनि यो सरकार त्यहि सरकार हो त जुन सरकारले जनता संग दुई तिहाइको जनमत मागेको थियो कम्युनिष्ट मान्यता र आदर्शहरुलाई कार्यान्वयन गर्ने बाचा सहित ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here