मुस्ताङ- बाढीले बाटो बगाएपछि विगत २६ दिनदेखि मुस्ताङ सडक सम्पर्कबाट विच्छेद छ । हवाइ मार्गसमेत मौसमका कारण चार दिनदेखि अवरुद्ध छ । सबै विकल्प बन्द भएपछि मुस्ताङबासीलाई समस्या भएको छ ।

हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका मुस्ताङवासीले वर्षामा बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको बिक्री वितरणमा समस्या भोग्नुपरेको छ । सडक र हवाईमार्ग बन्द हुँदा जोमसोम बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुँदा बिग्रिएका सडक मर्मतको कामसमेत प्रभावित भएको छ । सडक र हवाई सेवा बन्द हुँदा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जाने र बिरामी परेर उपचारका लागि जानेलाई समस्या भएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here