प्युठान : झिम्रुक गाउँपालिका पशुबिभाग प्रमुख प्रेम बहादुर जिसी सौतामारे फुर्सेधारा एक युबतीको घरबाट रातको समय रङ्गेहात पक्राउ स्थानीय युबाले गरेका छन । युबतीको घरबाट करिब पाँच घन्टा पैदल दुरिमा रहेको गाउँपालिका कार्यलयमा पशुबिभाग प्रमुख रहेर कार्य गरिरहेका उनी राती बार्‍ह बजे रा २ प ९४२९बाइकमा आएको कुरा जानकारले बताए । राज्यको जिम्मेवार पदमा रहेर आफ्नो मर्यादा ख्याल नगरी एक्लै रहेका चेलिबेटीको घरमा रातको समय आउनु गलत कार्य रहेको भन्दै कार्वाहीको दायरामा ल्याउन स्थानीयको जोड छ । युबतीको परिवार पक्षले प्रेमबहादुर जिसि बाट भएको यो गिद्धे कार्य कदापी सह्य नभएको र यस्ता उछृङ्खलताले भोलि समाजलाई नै गलत र अमर्यादित बाटो डोहोर्याउने भन्दै कानुनि बाटो चाल्ने बताए । कोरोना कहरका बेला यति टाढाबाट मान्छे आफ्नो गाउँमा भित्रीई अनैतिक कार्य गरेको भन्दै स्थानीय आक्रोशीत छन उता पशु बिभाग प्रमुखको बचाऊ गर्दै रास्ट्रीय जनमोर्चाका पराजित वडा अध्यक्ष दिपक जिसि कम्मर कसेर लागि परेका छ्नभने गाउँपालिका नै निज कर्मचारीको बचाउमा रहेको स्थानिय र श्रीमानले दाबी गर्दै न्याय पाउने कुरामा सङ्का व्यक्त गरे । निज युबतिका श्रीमान काठमाडौमा थिए ।

1 COMMENT

  1. छोडने हैन है हारामी लाई र महिला को पनि चाल अर्चना भनूप्रने हून्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here