काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभुमिलाई लिएर दिएको बयानलाई भारतले फेरि उठाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवत्ता नारायणकाजी श्रेष्ठलाई उदृधत गर्दै भारतको चर्चित अखबार दैनिक भास्करले ओलीले भारत र अयोध्याका बारेमा दिएको बयानले सम्बन्ध थप खराब हुनसक्ने बताएको छ । समाचारमा बताइए अनुसार प्रवत्ता श्रेष्ठले ओलीको बयानलाई लिएर आलोचना गर्दै बेतुकको बयान भनेका छन् । श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले दिएको यी बयानहरुले भारत र नेपालबीचको सम्बन्ध बिग्रन सक्छ ।

 

ओलीले हालै नेपालको वीरगञ्ज जिल्लाको ठोरीमा भगवान रामको जन्म भएको खुलासा गर्नुभएको थियो । यस अघि उहाँले भारतले सत्ताबाट हटाउने योजना बनाएको आरोप लगाउनु भएको थियो । भारतले यसमा कुनै प्रतिक्रिया देखाएन । भास्करले ओलीले भारतको आलोचना गर्दा भारत चुप लागेर बसे पनि नेकपा भित्रका शिर्ष नेताहरुले ओलीलाई जवाफ फर्काएको भन्दै लेखेको छ । समाचारमा यो पनि बताइएको छ कि प्रधानमन्त्री ओलीको विरोध गर्नका लागि प्रचण्ड नेतृत्वमा नेताहरु ओलीको राजीनामा माग्दैछन् ।

 

ओलीको बयानमा श्रेष्ठले एक अन्तर्वार्तामा भन्नुभयो, ‘यस्तो बयान गलत मात्रै नभई अनावश्यक हो । यसले कष्ट दिन्छ । कसरी प्रधानमन्त्रीले यस्ता बयान दिन सक्नुहुन्छ रु यी ती चीज हुन् जसले भारतसँगको हाम्रो सम्बन्ध बिगार्दछ । यसमा कुनै शंका छैन कि प्रधानमन्त्रीले भारत विरोधी बयान दिएर एउटा गम्भीर गल्ती गर्नुभएको छ । यदि हामीबीच केही मतभेद भएमा तिनीहरू कुराकानीबाट मात्र समाधान गर्न सकिन्छ ।’

 

श्रेष्ठ प्रधानमन्त्री ओलीको तीन बयान र तीन गल्तीहरूलाई स्वीकार गर्नुहुन्छ । भास्करले स्पष्ट रुपमा भनेको छ कि नेकपा पार्टीले प्रधानमन्त्री ओलीका यी बयानहरूलाई समर्थन गर्दैन । प्रवक्ता श्रेष्ठका अनुसार ‘सत्यमेव जयते, अयोध्या र सरकार गिराउने षडयन्त्र’ निराधार छन् । नेपालको भारतसँग सधै राम्रो सम्बन्ध रहनेछ । श्रेष्ठले भन्नुभयो, ‘हामी केवल सांस्कृतिक मात्र होइन तर एक अर्कासँग प्रत्येक रूपमा जडित छौं ।’ ओलीले कूटनीतिक मूल्यका आधारमा बयान जारी गर्नुपर्नेमा उहाँले जोड दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here