काठमाडौं। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कुटिएका छन्। उनलाई कार्यलयकै सहयोगीले कार्यकक्षमै कुटेका हुन् । उनीलाई दुईजना कार्यालय सहयोगी नेत्रा भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सञ्जेलमाथि कुट्ने दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । सञ्जेल शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटिएको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । सञ्जेल  भ्रष्टाचारविरोधी भनेर चिनिदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here