काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११९ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५९४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here