नायिका श्वेता खड्कासँग पैसा लिएर फिर्ता नगर्ने एक व्यवसायी पक्राउ परेका छन। प्रहरीका अनुसार नायिका खड्कासँग ८६ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगर्ने जग्गा कारोबारी चितवनका काजी गुरुङलाई नियन्त्रणमा लिइएको छ।

गुरुङले पैसा फिर्ता गर्ने नाममा बैंकमा पैसा नै नभएको चेक दिएका थिए। पैसा नपाएपछि नायिका खड्काले प्रहरीमा चेक बाउन्सको मुद्धा हालेकी थिइन्। श्वेताको उजुरीसँगै काठमाडौं प्रहरी परिसरको टोलीले गुरुङलाई पक्राउ गरेको छ। एक हप्ताअघि पक्राउ गरेर उनीमाथि अनुसन्धान जारी राखेको प्रहरीको भनाई छ।

दह्रिली श्वेता

आँशुको समुन्द्रबाट उभिएर श्वेता दोश्रो बिवाह पछि दरिलो हुँदैछिन् । उनकै भाषामा भन्ने हो भने उनी बोल्ड भएकी छिन् । त्यसैले त थुप्रै एकल महिलाहरु आइकन सम्झेर श्वेतालाई भेट्न आइपुग्छन् । त्यस्ता मानिसलाई श्वेता सम्झाउँछिन्, ‘लाइफलाई त्यसै किल गर्नु हुँदैन । कर्नुपर्छ समयले सबै कुरा सिकाउँछ ।’

श्वेतालाई थुप्रै एकल महिलाका कुरा सुनेकी छिन् । ‘म पनि यही समाजको मानिस हुँ । त्यसैले अनेक अपाच्य प्रश्नको सामना गर्नुपर्छ’ श्वेता भन्छिन्, ‘म गृहणी होइन, इन्टरपेनर हुँ । मलाई त यस्तो गाह्रो छ भने वस्तविक गृहणी एकल महिलाहरुलाई कति गाह्रो छ होला ?’ तर, श्वेतालाई नारी भएकोमा गर्व छ । नारीले अवसरको पाए जेसुकै गर्न सक्ने तर्क गर्छिन् । ‘एउटा नारी नभएको घर र नारी भएको घर हेर्नुस्, थाहा भइहाल्छ की नारी कति सिन्सीयर हुन्छन् भन्ने’, श्वेता बोल्ड बोल्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here