जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेर फाइल लगेपछि प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

राउतले आफूले थालेको सबैभन्दा लोकप्रिय कार्यक्रमलाई असफल पार्न षड्यन्त्र भएको संक्षिप्त प्रतिक्रिया दिइसकेका छन् । अख्तियार टोलीले फाइल लगेर आफूले सुरु गरेको अभियानलाई कुनै फरक नपर्ने उनले बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले आफ्ना भनाइ विस्तृत रूपमा राख्ने बताएका छन् ।

प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको टोलीले बुधबार छापा मारेको हो । ‘बेटी पढाऊ, बेटी बचाऊ’अभियानअन्तर्गत साइकल खरिदमा अनियमितता भएको आशंकामा छापा मारिएको हो ।

अख्तियार प्रदेश कार्यालय बर्दिबासको टोलीसँगै केन्द्रको टोली पनि त्यस क्रममा सहभागी भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here